रसुवामा सत्ता गठबन्धनको क्लिन स्वीप

मकवानपुर- रसुवाको प्रतिनिधि सभा र प्रदेश सभा सबैको नतिजा सार्वजनिक भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत एक मात्र क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यमा मोहन आचार्य विजयी भएका हुन् । नेपाली कांग्रेसका आचार्यले १८ हजार २३५ मत सहित जित निकालेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका थिए ।
प्रदेश सभातर्फ रसुवा १ बाट नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनले ८ हजार १८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी कुलप्रसाद भट्टले जम्मा ४ हजार ७७२ मत प्राप्त गरे । भट्ट नेकपा एमालेका उम्मेदवार थिए ।
यसैगरी रसुवाबाट प्रदेश २ को लागि माओवादीका इन्द्रप्रसाद गोतामे ८ हजार ५३३ मत विजयी भएका छन् । माओवादीका उनका निकटतम प्रतिस्पर्धी एमालेका तेम्ब्रेल तामाङले ४ हजार ८४४ मत प्राप्त गरे ।
रसुवा जिल्लामा अब समानुपातिक तर्फको मत गन्न बाँकी छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया