मिनी बस दुर्घटना हुँदा १५ जना घाइते

कञ्चनपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चम्फापुर पोष्ट नजिक से १ ख ६२४ नम्बरको मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन ।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले साइड दिने क्रममा नियन्त्रण कायम गर्न नसक्दा सडक छेउमै पल्टीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
बसमा सवार घाइते १५ जनामध्ये ११ को शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिक र टि एण्ड सि हस्पिटलमा उपचार भैरहेको छ ।
बाँकी चारमध्ये तीन जनालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ भने एक जनाको महाकाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । बस चालक प्रकाश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया