चितवनमा अस्ताउँदो सूर्य (फोटो फिचर)

काठमाडौँ : नेपालको भौगोलिक बनावट सुन्दरताले भरिएको छ । हिमाल, पहाड र तराईको बेग्लाबेग्लै सुन्दरताले नेपालको परिचय विश्वमै एक लोभलाग्दो मुलुकका रूपमा स्थापित छ ।
भौगोलिक मात्र नभई विविधताले भरिएको जिल्ला मध्ये चितवन एक हो । पर्यटकलाई आकर्षण गर्ने जिल्ला पनि हो । जहाँ हरेक दिनको हरेक समय सुन्दर रूपमा नियाल्न सकिन्छ । गोधुँली साँझमा चितवनबाट देखिने अस्ताउँदो सूर्यको सुन्दरता झन् बेग्लै छ । केटाकेटी आफ्नै सुरतालमा रमाएका बेला अस्ताउँदो सूर्यले दिएकाे एक मनमाेहक पल ।
हातमा मोबाइल वा क्यामेरा भएपछि त्यही सूर्यलाई हत्केलामा राखेर कैद गर्दाको क्षण आफैँमा मनमोहक लाग्छ । त्यसमाथि साना-साना केटाकेटी उफ्रिदै गरेको बेलाको अस्ताउँदो सूर्य झन् रोचक नै देखियो र अनयाशै कैद भए, तस्बिरहरू । हेर्नेलाई मात्रै होइन, खिच्नेका लागि अविष्मरणीय झैँ लाग्दछ, आफैँ खेले हुर्केको स्थानमा लिइएको यो तस्बिर ।
अनि यादहरू छचल्किन्छन आफ्नो बाल्यकाल र त्यतीबेला ख्याल नगरिएका यी दृश्य । पहिले जस्तो फैलिएको त छैन, साँघुरिएकाे छ कयर खाेला । तर, तटबन्ध भएको देखिन्छ । जसले चैनपुर र पिठुवालाई छुट्याउँछ ।
जहाँ गोधुलीसाँझमा अस्ताउँदाे सूर्य हेर्न सबैलाई लालयित बनाएको हुन्छ । पूर्वी चितवनको साैराहामा राप्तीको किनार र पश्चिम चितवनमा नारायणीको किनारबाट यही दृश्य नियाल्न हामी मात्र होइन, विदेशी पनि आउँछन् । तर, आफ्नै घर आगनबाटै देखिने दृश्य झनै मनमोहक ।
शब्द/तस्बिर : सरिता थापा

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

सिजनको सुन्तलाः कालीमाटीमा व्यापारीलाई भ्याइँनभ्याइँ

प्रतिक्रिया