फिफा विश्वकपः स्पेन र जर्मनीको बराबरी

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत एक पटकको विजेता स्पेन र चार पटकको विजेता जर्मनीले बराबरी खेलेका छन् । अल बायट स्टेडियममा भएको समूह 'ई' अन्तर्गतको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेलेका हुन् ।
बराबरीसँगै पहिलो खेलमा जापानसँग २-१ ले पराजित भएको जर्मनीले नकआउट पुग्ने सम्भावना कायमै राखेको छ । स्पेनले भने पहिलो खेलमा कोस्टा रिकालाई ७-० ले पराजित गरेको थियो ।
आइतबार रातिको खेलमा अल्भारो मोराटाले ६२ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ८३ औँ मिनेटमा जर्मनीका निकलस फुलक्रुकले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
यस समूहमा स्पेनको ४, जापान र कोस्टा रिकाको समान ३ तथा जर्मनीको १ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया