फिफा विश्वकपः आज पनि चार खेल हुँदै

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणका चार खेल हुँदैछन् । समूह 'जी' र समूह 'एच' अन्तर्गतका समान २-२ खेल हुनेछन् ।
समूह 'जी' मा रहेका क्यामरुन र सर्बिया तथा ब्राजिल र स्विटजरल्यान्डबीच प्रतिस्पर्धा हुने छ । क्यामरुन र सर्बियाबीचको खेल अल जानोब स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजेबाट सुरु हुनेछ । त्यसैगरी, ब्राजिल र स्विटजरल्यान्डबीचको खेल स्टेडियम ९७४ मा राति ९:४५ मा सुरु हुनेछ ।
यस समूहमा ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० तथा स्विटजरल्यान्डले क्यामरुनलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
यसैगरी, समूह 'एच' अन्तर्गत दक्षिण कोरियाले घाना तथा पोर्चुगलले उरुग्वेको सामना गर्नेछन् ।
दक्षिण कोरिया र घानाबीचको खेल एजुकेसन सिटी स्टेडियममा साँझ ६:४५ बजेबाट तथा पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल स्टेडियममा राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
यसअघि पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेल्दा पोर्चुगलले घानालाई ३-२ गोलले पराजित गरेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया