फिफा विश्वकपः ब्राजिललाई स्विटरल्यान्डको चुनौती

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'जी' मा रहेका ब्राजिल र स्विटरल्यान्डबीच महत्वपूर्ण खेल हुँदैछ । ब्राजिल र स्विटरल्यान्डबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ ।
सर्वाधिक ५ पटकको विजेता ब्राजिलले स्विटरल्यान्डलाई पराजित गर्दै लगातार दोस्रो जित हात पार्नुका साथै नकआउट चरणमा प्रवेश गर्न सम्भावना बलियो बनाउने दाउमा छ । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो ।
यता पहिलो खेलमा क्यामरुनलाई १-० ले पराजित गरेको स्विटजरल्यान्ड पनि जितलाई निरन्तरता दिन चाहन्छ । ब्राजिललाई पराजित गरेको खण्डमा स्विटजरल्यान्डको नकआउटमा प्रवेश गर्ने सम्भावना बलियो बन्ने छ ।
यसैबीच घाइते भएका
यस समूहमा क्यामरुन र सर्बिया जित बिहिन छन् । ती दुई टोलीबीचको खेल पनि आज अपरान्ह ३:४५ बजे सुरु हुँदैछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया