समयमै तलब नपाएपछि ट्वीटरका कर्मचारी आक्रोशित

न्युयोर्क- भर्खरै बर्खास्त गरिएका धेरै ट्वीटर कर्मचारीहरूले यस महिनाको समयमै तलब नपाएको पत्ता लगाएपछि आफ्नो निराशा प्रकट गरेका छन् ।
बेलायत र जर्मनीका ट्वीटरका कर्मचारीहरूले नोभेम्बरमा तोकिएअनुसारको तलब नपाएको न्युजविकले जनाएको छ । कर्मचारीहरूले सामान्यतया प्रत्येक महिनाको २८ तारिखमा तलब पाउँछन् ।
'यो एक ठूलो मुद्दा हो जसले निजी समूहहरूमा वर्तमान र पूर्व कर्मचारीहरूलाई द्वन्द्वमा राखेको छ । ’ आयरल्यान्ड र नेदरल्यान्ड्सका कर्मचारीहरूलाई समयमै भुक्तान गरिएको थियो’ पत्रकार स्टोकेल–वाकरको ट्वीट उद्धृत गर्दै न्युज विकले जनाएको छ ।
एलोन मस्कको टेकओभर पछि कम्पनीबाट कटौती गर्नेहरूसहित केही क्रोधित कर्मचारी सदस्यहरूले आफूहरूलाई अझै नोभेम्बरको भुक्तानी नदिइएको गुनासो गरेका छन् । मलाई भोलि भुक्तान हुन्छ कि हुँदैन ? आइतवारको रातिसम्म ? लन्डनमा रहेको ट्वीटरमा सफ्टवेयर इन्जिनियर एली शुत्जे रामिरेजले ट्वीट गरे । उनी ट्वीटरले भर्खरै निकालिएकामध्ये एक थिए ।
ट्वीटरको ‘ट्रेन्ड्स’ शाखामा काम गर्ने निक केनीले आफूलाई समयमै भुक्तानी नदिइएको भन्दै धेरै मेम्स र गिफहरू ट्वीट गरेकी छिन् ।
स्पेसएक्स र टेस्लाका सीईओले मस्कले ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएसँगै सामाजिक सञ्जालले ठूलो कटौतीको अनुभव गरेका र केही पूर्वकर्मचारी भुक्तानीमा ढिलाइ भएको हो । एजेन्सी

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया