टिप्परले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

बुटवलः रुपन्देहीको कोटिहवामा टिप्परले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको ज्यान गएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बेलहिया सडक खण्डको कोटिहवामा भएको दुर्घटनामा बसमा सवार रुपन्देहीको तिलोत्तमा १५ कि १० वर्षीया सरस्वती हरिजन र ८ वर्षीया गंगा हरिजनको मृत्यु भएको हो ।
भैरहवाबाट बुटवलतिर आउँदै गरेको जन्ती बोकेको लु १ ख ९६८५ नम्बरको बसलाई भैरहवा तर्फबाटै नै बुटवल आउदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
टिप्परले पछाडीबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै लु १ ख ५७८८ नम्बरको बसलाई समेत ठक्कर दिएको थियो । सो बस अनियन्त्रित भई लु २ च ७०७२ नम्बरको बोलेरो जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी टिप्पर चालकसहित ६ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेमध्ये टिप्पर चालकको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र अन्य पाँच जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया