तनावग्रस्त धनगढी : छात्राकाे मृत्युपछि विद्यार्थी सडकमा

कैलाली । धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीहरुले आन्दोलन गरेका छन् । आज बिहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।
उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै सडक अवरुद्ध पारेका हुन्। आन्दोलन गरिरहेका केही विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आज बिहान धनगढी उपमहानगरपालिका-५ पिपल चौतारा नजिकै काम गरिरहेको ना १ क ९७५ नम्बरको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा बालिकाको कुल्चिएर मृत्यु भएको थियो। ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया