उत्पादन वृद्धि गर्दै मालिका स्टिल उद्योग

कैलाली । स्थापना भएको छोटो समयमा नै मालिका स्टिल उद्योगले आफ्नो उत्पादन वृद्धि गर्दै लगेको छ । कैलालीको जानकी गाउँपालिका ८ पहाडीपुरमा २०७८ सालमा स्थापना भएको उद्योगले गत वैशाखदेखि उत्पादन सुरु गरेको हो ।
करिब २ अर्ब रुपैयाँको लगानीमा साढे चार बिगाह क्षेत्रफलमा सुदूरपश्चिम मै पहिलोपटक स्थापना भएको उद्योगले अहिले दैनिक २ सय टन तयारी सामान उत्पादन गरिरहेको मालिका स्टिल उद्योग प्रालिका सञ्चालक टिकाराम जैशीले बताए । उद्योगबाट अहिले आधा दर्जन भन्दा बढी प्रकारका प्रडक्ट उत्पादन भइरहेको बताउदै सञ्चालक जैशीले उद्योगले स्थानीय स्तरमा गरेर तीन सय बढीलाई रोजगारी दिएको बताए ।
अहिले उद्योगबाट जिआई तार, बेंडिङ तार, किलाकाटा, टोरकारी (रिंग सरिया), ग्याबिङ बक्स, चैनलिंक, सटरस्प्रीङ, बाउण्ड्रीतार लगायतका वस्तुहरु उत्पादन भइरहेको बताउँदै सञ्चालक जैशीले बिक्री वितरणका लागि बजारको समस्या नरहरेको बताए । सञ्चालक जैशीले उद्योगलाई चाहिले कच्चापदार्थ चीन, भारत, मलेसिया र इन्डोनेशियाबाट आयात गरिरहेको बताए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया