लुम्बिनी सरकारले बेडका लागि छुट्यायो १ करोड ७५ लाख

बुटवल : कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालमा बेड को ब्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारले बजेटको प्रबन्ध गर्ने भएको छ । बेड को चरम अभाव भएको भन्दै चर्को आलोचना भएपछि सरकारले बजेट रकमान्तर गरेर बेडबिस्तार गर्ने भएको हो ।
लुम्बिनी प्रदेश सरकारले बुटवल, नेपालगञ्ज, दाङ र भैरहवामा अक्सिजन बेडबनाउन कोभिड–१९ अस्पताललाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ । कोभिड–१९ का बिरामीको संख्या बढ्न गई अस्पतालमा बेडअभाव भएपछि प्रदेश सरकारले अक्सिजनसहितको बेडबनाउन पहल गरेको हो ।
सोमबार कोभिड उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निणर्य गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । प्रदेश सरकारले कोभिडको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित विशेष अस्पताललाई गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निणर्य गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार प्रदेस सरकारले बुटवल, दाङ र नेपालगञ्जले ५० लाख रुपैयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने छ । उक्त रकम उपलब्ध गराउने काम सोमबारदेखि नै सम्बन्धित मन्त्रालयले गर्ने केसीले बताए । त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निणर्य गरेको छ ।
अस्पतालमा चाहिने पुर्वाधार र जनशक्ति थप गर्ने विषयमा बेवास्था गरेपछि प्रदेशका सबै अस्पतालमा भएका बेड हरू बिरामीले भरिभराउ भएका छन् । कतिपयले बेडनपाएर अस्पतालको पेटीमा छटपटाइरहेका छन् । कतिपय अस्पतालमा अक्सीजनकोसमेत अभाव रहेको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया