फिफा विश्वकपः ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

काठमाडौँ- क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम ४ मा प्रवेश गरेको हो । क्रोएसियाले खेल ४-२ ले जित्यो ।
ब्राजिलका लागि मारक्विन्हो र रोड्रिगोले गोल गर्न सकेनन् । कासेमिरो र पेड्रोले मात्र गोल गरे ।
क्रोएसियाका लागि निकोला भ्लासिक, लेभरो माजेर, लुका मोड्रिच र मिसलाभ ओरसिकले गोल गरे ।
यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको अतिरिक्त ३० मिनेटमा दुबै टोलीले बराबरी खेलेका थिए ।
निर्धारित ९० मिनेटमा गोलरहित खेलेपनि नेयमारले अतिरिक्त ३० मिनेटको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर क्रोएसियाका ब्रुनो पेटकोभिकले ११६ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
ब्राजिलका लागि नेयमारको यो ७७ औँ गोल हो । यससँगै नेयमारले सर्वाधिक गोल (७७ गोल) गरेका पेलेको बराबरी समेत गरेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया