मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

किन दिए ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजीनामा ?

काठमाडौँ- ब्राजिल फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै ब्राजिल बाहिरिएपछि टिटेले राजीनामा दिएको मिररले जनाएको छ ।

शुक्रबार राति भएको खेलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । क्रोएसियाले खेल ४-२ ले पेनाल्टीमा जितेको थियो ।

सन् २०१६ को जुनमा प्रशिक्षक बनेका टिटे ६ वर्षसम्म ब्राजिलको मुख्य प्रशिक्षकका रुपमा रहेका थिए ।