रुपनी–राजविराज सडक निर्माण सुरु

राजविराज- लामो समयको प्रतिक्षापछि रुपनी–राजविराजसम्मको चार लेनको सडक निर्माण सुरु भएको छ । त्यसका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य सुरु गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
रुपनी बजारबाट सदरमुकाम राजविराजसम्म जोड्ने १० किलोमिटर लम्बाईको सडक फराकिलो बनाउने काम सुरु भएको उनले बताए । हाल दुई लेनको सडक स्तरोन्नति गरी चार लेनको बनाउन लागिएको हो ।
सडक डिभिजन कार्यालय लहानका इञ्जिनियर रमेश गोइतले रु तीन अर्बको अनुमानित लागतमा रुपनी–राजविराज सडकखण्ड निर्माण सुरु गर्न लागिएको जानकारी दिए । हाल रु ५५ करोडको बोलपत्र स्वीकृत भइसकेको छ । सडक ३० मिटर चौडाइ तथा १९ मिटर कालोपत्र, फुटपाथ, सोल्जर र मिडियनसमेत रहने उनको भनाइ छ ।
विसं २०७८ चैत ९ मारुपनी–राजविराज चार लेन सडकखण्डको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया