कैलालीकाे अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गाेली प्रहार

कैलाली । कैलालीकाे अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । गोदावरी नगरपालिका १ पूर्व-पश्चिम राजमार्गमा आज साँझ पसल बन्द गरेर घरतर्फ जाँदै गरेका न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएकाले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर मोटरसाइकलमा घर जाँदै गरेका गौतमलाई विपरीत दिशाबाट मोटरसाइकलमै आएकाले गोली प्रहार गरेको बताए ।
पहिलो गोली छल्न सफल गौतमलाई पुन: दोस्रो गोली हान्दा हातमा लागेको प्रहरीले जानकारी दिएको छ । गोलि लागि घाइते भएका गौतमको अत्तरियास्थित पदमा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । गोलि प्रहार गर्नेको खोजीका लागि प्रहरी परिचालन गरिएको डिएसपी जोशीले बताए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया