मध्यरातमा कलंकी केन्द्रबिन्दु बनाएर गयाे भूकम्प

काठमडौँ : कलंकी केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । राती १ बजेर ५९ मिनेटमा कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार राती भुकम्प गएपछि कलंकीका स्थानीयले फोन गरेर जानकारी गराएका थिए । कतिपय माथिल्लो तलबाट सडकमा आएका थिए । यो गोरखा भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।
कलंकीमा भूकम्प गएपनि केन्द्रले भूकम्पसम्बन्धि जानकारी दिने आफ्नो सिस्मोनेपाल वेबसाइटमा त्यो जानकारी राखेको छैन । सामान्यतयाः ४ म्याग्निच्युडभन्दा कमको भूकम्प गए केन्द्रले वेबसाइटमा राख्ने नगरेको हो ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया