कांग्रेस गण्डकी संसदीय दलकाे चुनाव मंगलबार

पूर्वी नवलपरासी- नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको निर्वाचन आगामी मंगलबार हुने भएको छ । निर्वाचनका लागि कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा शुक्रबार ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
समितिका अन्य सदस्यमा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्रीद्वय रमेश पाण्डे, कोपिला रानाभाट र अधिवक्ताद्वय फणीन्द्र कोइराला र मणि दाहाल रहेका छन् ।
संसदीय दलको चुनाव पुस १२ गते मंगलबार हुने उनले बताए । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सदस्य रहेका छन् । १८ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने ९ जना समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका हुन् ।
प्रदेशसभामा संसदीय दलको नेता हुन गोर्खाका सुरेन्द्र पाण्डे, पूर्वी नवलपरासीका महेन्द्रध्वज जिसी र कास्कीका बिन्दुकुमार थापा आकांक्षी देखिएका छन् ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया