अमेरिकाले नेपाललाई दियो १०० थान भेन्टिलेटर

काठमाडौँ : कोभिड-१९ विरुध्ददको लडाईंमा अमेरिका नेपाल सरकारको साथमा रहेको सन्देश दिन अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
‘असल र खराब सबै समयमा अमेरिका नेपालसँग साँझेदारी गर्न प्रतिबध्द छ,’ राजदूत बेरीले भने, ‘अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने छ । यी भेन्टिलेटरमार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड-१९ बाट अति प्रतिभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून् ।’ सात दशक भन्दा बढि लामो समय लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको र त्यसमा निरन्तरता रहने पनि बताए ।
स्वाथ्यमन्त्री ढकालले कोरोनाविरुध्दको लडाईंका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गरे । उनले अमेरिकी सरकारलाई राजदूत मार्फत धन्यवाद समेत दिए । उक्त सहयोग सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई सात/सात वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटर हरेक सरकारी अस्पताललाई दुई/दुईका दरले वितरण गरिने जानकारी पनि स्वास्थ्य मन्त्रालयले दिएको छ ।
भेन्टिलेटरका अतिरिक्त यूएसएआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको गरेको पनि दुतवाासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यूएसएआईडीले अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको जनाएको छ । महामारीको प्रतिकार्य स्वरूप युएसएआईडीले नेपालमा प्रतिबध्दता गरेका सक्रिय परियोजनालाई प्रदान गरिएको २ करोड ८३ लाख अमेरिकी डलर (३ अर्ब ४० करोड रुपैयाँ) माथि यस दानले थप कार्य गरेको जनाएको छ । नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र(अमेरिका विधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिबध्द छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया