गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्यले शपथ लिए

पोखरा । गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम बस्याललाई शपथ गराएका हुन् ।
बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका हुन् । बस्यालले बिहिबार गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । गण्डकी प्रदेश सभामा कांग्रेस २७ ल्याएर गण्डकी प्रदेशको ठूलो दल बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ ।
त्यसैगरी माओवादी केन्द्र ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दल बन्दै पहिलो पटक गण्डकी प्रदेश सभा भवन प्रवेश गर्नेछ । नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङलाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया