तीव्र उतारचढावबीच सेयर बजार ११ अकंले घट्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा घटेको छ। आज बजार परिसूचक ११.८१ अंकले घटेको हो। नयाँ सरकार आएपछि अघिल्ला दुई दिनको कारोबारमा झन्डै १ सय १७ अंकले बढेको बजार आज भने तीव्र उतारचढावबीच अन्त्यमा घट्न पुगेको छ। ११ अकंले बजार घट्दा परिसूचक १९७२.१५ मा ओर्लिएको छ।
बजार ११.८१ अर्थात ०.६० प्रतिशतले घट्दा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.२२ प्रतिशतले घटेर ३८१.३२ अंकमा झरेको छ । यस्तै उप-सूचकमा फाइनान्स ०.२४, हाइड्रोपावर सूचक ०.७१ लाइफ इन्स्योरेन्स ०.०५, म्युचअल फण्ड ०.०६ , नन लाइफ इन्स्योरेन्स ०.१२ प्रतिशतले बढ्दा बाँकी समूह घटेको छ ।
परिसूचकसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत घटेको छ । आज २५७ कम्पनीको २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन कारोबार रकम ३ अर्ब ८८ करोड रुपैयाँको सेयर खरिद बिक्री भएङ्को थियो । आज ६५ लाख ३० हजार ४१५ कित्ता सेयर ३९ हजार ६६० पटकमा किनबेच भएको थियो।
घट्दो बजारमा पनि ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया