नयाँ सरकार गठनले सेयर बजारमा हरियाली : साताभर १६१ अंकले बढ्दा ११ अर्बको कारोबार

काठमाडौंँ- नयाँ सरकार गठनसँगै सेयर बजारमा उत्साह छाएको छ । साताभरमा नेप्से १६१.८२ अंकले उकालो लागेर परिसूचक २०२९.०३ मा उक्लिएको छ । आइतबार बिदा पर्दा चार दिनको कारोबारमा बजार परिसूचक उल्लेख्य बढोत्तरी भएको छ । यस साता तीन दिन कारोबार बढ्दा एक दिनमात्र बजार घटेको थियो। गत साताभर भएको कारोबार पश्चात नेप्से १५ अंकले घटेको थियो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रीका रुपमा विष्णुप्रसाद पौडेल आएपछि लगानीकर्तामा विश्वासको वातावरण तयार भएको छ । पौडेलको गत कार्यकालमा कोभिड-१९ का कारण अन्य क्षेत्र ठप्प भएको अवस्थामा सेयर बजारमा लगानीकर्ता आकर्षित हुँदा बजारले रेकर्ड कायम गरेको थियो।
प्रचण्ड नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकको निर्णयमा पहिलो बुँदामै पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेपछि लगानीकर्तामा पनि उत्साह देखिएको छ । बैठकले ब्याजदर र तरलताको समस्या समाधान गर्ने निर्णय गरेपछि बजारले गति लिएको थियो ।
साताभरमा नेप्से परिसुचक ८.३७ प्रतिशतले बढेर २०२९.०३ मा कायम रहँदा अन्य कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी देखिएको छ । यस साता 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ६.६० प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ८.५२ अंक र सेन्सेटीभ फ्लोट इन्डेक्स ८.०९ प्रतिशत बढेको छ ।
कारोबार दिन |
परिसूचक |
कारोबार रकम |
सोमबार |
५६.८६ |
२ अर्ब ९ करोड |
मंगलबार |
५९.८७ |
३ अर्ब ८८ करोड |
बुधबार |
११.८१ |
२ अर्ब १५ करोड |
बिहीबार |
५६.८८ |
२ अर्ब ८६ करोड |
जम्मा |
१६१.८ |
१० अर्ब ९८ करोड |
साताको सुरुवाती कारोबारको दिन सोमबार बजार ५७ अंकले बढ्दा २ अर्ब ९ करोड रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको थियो । मंगलबारको कारोबारमा बजार पुन: ६० अंकले बढ्दा कारोबार रकम ३ अर्ब ८८ करोडमा उक्लिएर साताको उच्च कारोबारको रेकर्ड कायम गर्यो । बुधबार भने बजारमा १२ अंकको करेक्सन भएको थियो । बुधबार बजार ११.८१ ले घट्दा कारोबार रकम २ अर्ब १५ करोडमा झरेको थियो । यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार बजार पुन: ५७ अंकले उकालो लागेर साताको कारोबार बन्द भएको थियो। बिहीबार ५७ अंकले बजार बढ्दा कारोबार रकम २ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
साताको चार कारोबार भयो । जसमा एक दिन मात्रै परिसूचक घटेको थियो भने बाँकी दिन बढेको थियो । विगत केही सातादेखि निरन्तर घट्दै गएको बजारलाई नयाँ सरकारको आश्वासन पश्चात लगानीकर्ताहरूमा आत्मविश्वास पैदा भएको देखिन्छ । केही समयदेखि १८ सयको हाराहारीमा रहेको सेयर बजार यो साता भने २ हजारमाथि उक्लिएको हो ।
नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औसतमा ९९ करोडको सेयर कारोबार भएको बजारमा यस साता दैनिक औसतमा २ अर्ब ७५ करोडको सेयर खरिदबिक्री भएको छ ।
गत साताको दैनिक औसत कारोबार रकमको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम १७७.२३ प्रतिशत बढेको हो । यस साता दैनिक औसत कारोबार संख्या ८८.६८ प्रतिशत बढेको छ भने दैनिक औसत सेयर संख्या १६७.७१ प्रतिशत बढेको छ । साताभरमा झन्डै ११ अर्ब रूपैयाँको सेयर खरिद बिक्री भएको छ ।
साताको अन्तिम कारोबार पश्चात नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ८.५ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २१ अर्ब घटेर २७ खर्ब रूपैयाँमा कायम रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता २ खर्ब ३४ अर्ब रूपैयाँ बढेर २९ खर्ब ३४ अर्ब रूपैयाँमा उक्लिएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया