बाँकेमा कोभिड संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

बुटवल : बाँकेमा कोभिड-१९ संक्रमित एक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन्। सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाकाअनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।
मेडिकल कलेजमा बुधबार पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो । बिहीबार आज बिहान ७ बजेर ४० मिनेट जाँदा महिलाले बच्चा जन्माएको अस्पतालले जनाएको छ । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. कनोडियाले बताए।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले कोरोना संक्रमणबाट धेरैजसो व्यक्तिको अवस्था गम्भीर भइरहेको अवस्थामा संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउनु सुखद पक्ष भएको बताएका छन्।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया