सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन

धनगढी- सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएकाे छ । आज बसेकाे सर्वदलीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यसपछि उपसभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि (सोमबार)का लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेश सभाका सचिव देवबहादुर बोगटीले बताए ।
प्रदेश सभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया