सेयर बजारमा सामान्य करेक्सन

काठमाडौँ- धितोपत्र बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ । आज बजार ३.०३ अंकको करेक्सन देखिएको हो । साताको सुरुवातको दिन आइतबार र दोस्रो दिन सोमबार गरी ३४ अंकले बढेको बजार मंगलबारतीव्र उतारचढावकाबीच ३.०३ अंकले घटेको छ ।
बजार ०.१५ प्रतिशतले घटेर परिसूचक २०६१.०६ मा कायम छ । यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.१० अंकले घटेर ३९४.६२ मा झरेको छ ।
उप-सूचक तर्फ होटेल तथा टुरिजम २.६० प्रतिशत, माइक्रो फाइनान्स २.४४ प्रतिशत, म्यचुअल फण्ड ०.३५ प्रतिशत र ट्रेडिङ सूचक २.८९ प्रतिशतले बढेको छ भने बाँकी सूचक घटेको छ।
बजार घटेतापनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। अघिल्लो दिनको कारोबारमा २ अर्ब ९६ करोडको सेयर खरिद बिक्री भएको थियो ।
यस्तै ८२ लाख २२ हजार ८३३ कित्ता सेयर ५३ हजार ३१४ पटकमा खरिद बिक्री भएको छ । सामान्य अंकले बजार घट्दा १०७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छन् ।
आज स्वेत गंगा हाइड्रो पावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्स कम्पनीको सेयरले सर्किट लेभलमा कारोबार गरेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया