सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न सकेन कांग्रेसले

कैलाली । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दलको नेता छनोट गरिसक्दा पनि कांग्रेस भने अझै अन्योलमै छ।
कांग्रेसका आधा दर्जन प्रदेशसभा सदस्य दलको नेता बन्न लागिपरेका छन्। प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर बम र मेघराज खड्का गरी ६ जनाले संसदीय दलको नेतामा दाबेदारी गरेका छन्। अबको केही दिनमै दलको नेता चयन हुने बताउँदै कांग्रेसका प्रदेश महामन्त्री मेघराज खड्काले पुस २८ गते बस्ने प्रदेशसभाको बैठक अगावै दलको नेता चयन हुने बताए ।
प्रदेशसभा कांग्रेस १९ सिटसहित पहिलो स्थानमा छ भने माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन्।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया