सुदूरपश्चिममा मुख्यमन्त्री पदमा दाबी गर्न आव्हान

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सूचना टाँस गरि दलहरूलाई मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान भएको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्न सक्ने छैन । सरकार गठन गर्नका लागि दुई वा दुई भन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिन्छ । सरकार बनाउन २७ सांसदको आवश्यक पर्छ ।
धारा १६८ उपधारा १ बमोजिम स्पष्ट बहुमत नभएपछि धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको मत हुनुपर्ने छ। सुदूरपश्चिम प्रदेशमा कुनै पनि एक दलले सरकार बनाउन सक्ने अवस्था छैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न २७ गते साँझ बेलुका ५ बजे सम्म समय निर्धारण गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका र स्वतन्त्र एक/एक सांसद छन् ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया