सेयर बजारमा उछाल, नौं कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा उल्लेख्य बढेको छ। बुधबारको कारोबारमा बजार ६४.८७ अंकले बढेको हो । साताको सुरुवाती दुई दिन बढेको बजार मंगलबार सामान्य करेक्सन भएको थियो।
बजार बजार ६५ अंकले बढ्दा परिसूचक २१२५.९४ उक्लिएको छ। यस्तै 'क' वर्गकका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १४.०९ अंक बढेर ४०८.७२ मा उक्लिएको छ।
बजारसँगै सम्पूर्ण उप-सूचक हरियो देखिएका छन् । सबैभन्दा बढी व्यापार सूचक ९.७४ प्रतिशतले बढेको छ। बैंकिङ सेक्टर १.२३ प्रतिशतले बढ्दा विकास बैंक ४.४३ प्रतिशतले बढेको छ।
बुधबार २५८ कम्पनीको ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ४२ हजार ९७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। जसमा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ५७ हजार ३१२ पटकमा खरिद बिक्री भएको थियो ।
उल्लेख्य रुपमा बजार बढ्दा कारोबार भएका कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, हिमालयन डिस्ट्रिलरी, कालिका लघुवित्त, मिरमिरे लघुवित्त, किसान लघुवित्त, नदिप लघुवित्त, पिपुल्स पावर लिमिटेड, खप्तड लघुवित्त र कालिका पावर कम्पनीको सेयर मूल्यले सर्किट लेभलमा कारोबार गरेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया