मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

काँग्रेस सुदूरपश्चिमको संसदीय दलको नेतामा कमल शाह सर्वसम्मत

फाइल फोटो

कैलाली - नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्। 

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले बताए।