चिसो बढेपछि शुक्लाफाँटाका विद्यालय बन्द

कञ्चनपुर- चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ ।
एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएपछि नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार मौसम प्रतिकूल रहेमा थप बिदा दिने निर्णय भएको छ । यसअघि यहाँको वेदकोट नगरपालिकाले पनि चिसो बढेपछि पठनपाठनमा बाधा पुगेकाले माघ २ गतेसम्मका लागि बिदा दिइसकेको छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया