सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

निषेधाज्ञाको दोश्रो दिन:  कहाँ कस्‍तो छ अवस्‍था ?

काठमाडौँ : काठमाडौँ उपत्यकामा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी जारी गरिएको निषेधाज्ञाको आज दोश्रो दिन पनि अत्यावश्यक कामबाहेकका गतिविधि बन्‍द छन् । निषेधाज्ञा पालना गराउन काठमाडौंको चोक चोकमा प्रहरी परिचालन गरिएको छ । आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि बन्द छन् ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको आदेश जारी गरेको थियो । सुर्खेत जिल्लाले वैशाख १४ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाएको छ । काठमाडौ, भक्तपुर र ललितपुरमा बिहीबारदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा छ । पाल्पा र पनि निशेधाज्ञा जारी गरिएको छ भने सल्यानमा १९ गते बिहान ६ बजेदेखि आदेश जारी गरिएको छ । अन्य कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, रुपन्देही, सल्यान र सुनसरी जिल्लामा पनि निषेधाज्ञा लागू भएको छ ।