रिहाना, टेलर स्विफ्ट र लेडी गागालाई पछि पार्दै 'आरआआर'को 'नाटु नाटु'लाई गोल्डेन ग्लोब

लसएन्जल्स - गोल्डेन ग्लोबमा दुई विधामा मनोनयनमा परेको आरआरआरले एउटा विधामा अवार्ड जितेको छ । फिल्म गीत र उत्कृष्ट विदेशी फिल्म गरी दुई विधामा मनोनयनमा परेको थियो । बुधबारको समारोहमा फिल्मको 'नाटु नाटु' गीतले मौलिक गीतको विधा अन्तर्गत अवार्ड चुमेको हो ।
आरआरआर अर्को अवार्ड जित्न भने असफल रहेको छ । गैर अंग्रेजी भाषाका फिल्ममा पनि मनोनयनमा रहेको फिल्मले अर्जेन्टिनी फिल्म 'अर्जेन्टिना १९८५'सँग हारेको हो । गैर अंग्रेजी भाषाका उत्कृष्ट फिल्मले दिने यो अवार्ड अर्जेन्टिना १९८५ले जितेको हो ।
गोल्डेन ग्लोबमा भारतका लागि दोस्रो अवार्ड ल्याउने क्रममा यसका संगीतकार एम के केराभानीले रिहाना, टेलर स्विफ्ट र लेडी गागालाई पछि पारेका हुन् ।
भारतमा यसअघि एआर रहमानले यो अवार्ड जितेका थिए । रहमानले '१२७ आवर्स' फिल्मका लागि गोल्डेन ग्लोब जितेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया