कोहलीको ७३औँ शतकमा श्रीलंकामाथि भारतको जित
काठमाडौँ- विराट कोहलीले ७३ औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि भारतले पाहुना टोली श्रीलंकाविरुद्ध पहिलो एकदिवसीय खेल ६७ रनले जितेको छ । जितसँगै ३ खेलको सिरिजमा घरेलु टोली भारतले १-० को अग्रता बनाएको छ ।
मंगलबार राति गुवाहाटीमा सम्पन्न पहिलो खेलमा ३ सय ७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रनमात्र जोड्यो । श्रीलंकाका लागि कप्तान डासुन सनकाले ८८ बलमा अविजित १ सय ८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
पाथुम निसान्काले ७२ रन बनाए । भारतका उमरान मलिकले सर्वाधिक ३ तथा मोहमद सिराजले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर ३ सय ७३ रन जोड्यो । भारतका लागि विशाल योगफल तयार पार्न विराट कोहलीले ८७ बलमा १ सय १३ रनको योगदान गरे ।
एकदिवसीयमा कोहलीको यो ४५ औँ तथा समग्रमा ७३ औँ शतक हो । उनले टी-ट्वान्टीमा एक तथा टेस्टमा २७ शतक पुरा गरेका छन् ।
कप्तान रोहित शर्माले ८३ तथा शुभमन गिलले ७० रनको योगदान गरे । श्रीलंकाका लागि कासुन रजिथाले सर्वाधिक ३ विकेट हात पारे ।
यी दुई टोलीबीचको दोस्रो खेल शनिबार इडेन गार्डेनमा हुनेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया