बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

पेस्तोलसहित देउवा पक्राउ

कैलाली - मसुरियाबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन । प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टाेलीले मेडइन युएसए लेखेको पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रिजालले सूचनाका आधारमा पुगेको प्रहरीले पेस्तोलसहित गौरीगंगा नगरपालिका ९ भगवानपुरका ३६ वर्षीया महेन्द्र देउवा र  ४ का ३४ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले देउवाको घरबाट दुवै जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउने काम भइरहेको प्रवक्ता रावलले जानकारी दिए ।