सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि एमालेका रावलले गरे दाबी पेश

कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेतासमेत रहेका राजेन्द्र रावलले दावी पेस गरेका छन् । प्रदेश प्रमुख देवराज जोशी समक्ष रावलले दावी पेस गरेका हुन् ।
महिना दिनभित्रै रेशम चौधरीको रिहाइ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रतिवद्धतापछि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन दललाई समर्थन गर्ने निर्णय गरेसंगै रावल मुख्यमन्त्री बन्ने भएका हुन् ।
सत्ता गठबन्धनले सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसद आवश्यक हुन्छ । प्रदेशमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी चार दलको समर्थनमा एमालेले मुख्यमन्त्री पाउने पक्का भएको हो ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया