फिल्म चलाउन र्यापरको भर पर्दै अनमोल, जी-बबपछि भिटेन, भिटेनपछि बालेन !

काठमाडौँ - अनमोल केसी नेपालमा फिल्म खेलेवापत सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । २० लाख हुँदै ५० लाख अडिकिएका अनमोलका फिल्मको व्यापार भने नाम अनुसार हुन छाडेको छ । तर पनि अनमोललाई लिन निर्माताहरू ५० मा दस बीस लाख थप्न पनि तयार छन् । तर यति गरेर पनि निर्मातालाई अनमोलको मात्र भर छैन । फिल्म चलाउन उनीहरूले र्यापरको साथ खोज्न थालेका छन् ।
‘ए मेरो हजुर ४’ मा निर्माण टिमले अन्तिम समयमा फिल्मको पब्लिसिटीका लागि भन्दै विवादास्पद र्यापर जीबबको गीत राखेको थियो । योभन्दा अघि यही फिल्ममा दुर्गेश थापाको गीत थियो । तर अनमोलको यो फिल्मको जीबबले पनि उद्धार गर्न सकेनन् । अहिले अनमोलको ‘छड्के २’ रिलिजको संघारमा छ । फागुन १९ मा यो फिल्म प्रदर्शनमा आउँदैछ । तर निर्माण टिमले अनमोलभन्दा पनि र्यापरमा भरोसा गरेको छ । यसैको फलस्वरुप निर्माण टिमले अर्का विवादास्पद र्यापर भिटेनको गीत राख्ने निर्णय गरेको छ । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको सिनेमाको गीतमा भिटेनले स्वर भरेका हुन् । यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् ।
भिटेनबाहेक यो फिल्ममा काठमाडौँ महानगरपालिकाका मेयर बालेनको पनि गीत रहने चर्चा छ । ग्याङस्टर जनरामा निर्माण भएको सिनेमामा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया