चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर, बाेल्ड बनेर पुगिन् साम्राज्ञी

काठमाडौँ - शुक्रबारदेखि रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर भएको छ । काठमाडौँबाहिर पनि प्रिमियर गर्ने परम्परालाई निरन्तरता दिँदै पुष्प खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाह अभीनित यो फिल्मले पनि चितवनमा प्रिमियर गरेको हो । प्रिमियरमा उपस्थित हुन फिल्मका कलाकार पुष्प र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र निर्देशक एमके पौडेल पनि चितवन पुगेका थिए ।
त्रिकोणात्मक प्रेमकथाको झल्को दिने फिल्ममा पुष्पलाई नव अभिनेत्री इमली लामा र साम्राज्ञीको बीचमा चेपिएको प्रेमीको रुपमा प्रस्तुत गरेको ट्रेलरले झल्को दिन्छ । फिल्ममा सरोज खनाल दीपिशा केसी आदि कलाकारको पनि अभिनय रहेको छ ।
लकडाउनमा भुवन केसीसँग चलेको विवादपछि पर्दामा देखिन लागेकी साम्राज्ञीको यो फिल्मलाई चासोका साथ हेरिएको छ । महंगो पारिश्रमिक लिने साम्राज्ञीको फिल्मले दर्शक कति लोभ्याउँछ ? दर्शकसँगै निर्माता निर्देशक पनि उत्सुक भएर हेरिरहेका छन् । ‘कृष्ण लीला’बाट असफलता खेपेका पुष्प खड्काले पनि यो फिल्मलाई गर या मरको रुपमा लिएर प्रचारमा जुटेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया