अक्षयकुमारको ‘कठपुतली’ बन्यो २०२२ मा सबैभन्दा बढी हेरिएको फिल्म

मुम्बई- अक्षयकुमार र रकुलप्रित सिंहको अभिनय रहेको फिल्म ‘कठपुतली’ सन् २०२२ मा सबैभन्दा बढी हेरिने फिल्म बनेको । ओरम्याक्सले गरेको अध्ययनअनुसार डिज्ने प्लस हटस्टारमा आएको यो फिल्म अघिल्लो साल रिलिज भएका फिल्म र सिरिजमध्ये सर्वाधिक हेरिने फिल्म बनेको हो ।
ओरम्याक्सका अनुसार यो फिल्मले २६.९ मिलियन दर्शक पाएको थियो । यो सन् २०२२ मा रिलिज भएका फिल्म वा सिरिजमध्ये सबैभन्दा धेरै दर्शक पाउने फिल्म बनेको हो । डिज्ने प्लस हटस्टारले यही फिल्ममार्फत बाँकी ओटीटीलाई दर्शक तान्ने होडमा उछिनेको पनि ओरम्याक्सले जनाएको छ ।
सर्वाधिक हेरिने १५ फिल्म वा सिरिजमध्ये ७ वटा डिज्ने प्लस हटस्टारमा आएका थिए । यो सूचीमा पनि ‘कठपुतली’ पहिलो भएको हो । पूजा इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म दक्षिण भारतीय फिल्म ‘रतासन’ को रिमेक हो । सन् २०२३ मा पूजा इन्टरटेनमेन्टका ‘गनपत’, ‘क्याप्सुल गिल’, ‘बडे मियाँ छोटे मियाँ’ र ‘कर्ण’ प्रदर्शन आउँदैछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया