शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शासकीय सुधार गर्ने पहिलो निर्णय गरेका छन् ।
बिहीबार आयोजित शपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्णय गरेका हुन् ।
त्यसका लागि मुख्यमन्त्री रावलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामूलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल समेत गठन गरेका छन् ।
उक्त कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जनाइएको छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया