पीएम कपः मधेशमाथि प्रदेश १ को सानदार जित

काठमाडौँ- पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले मधेश प्रदेशमाथि सानदार जित हात पारेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको खेलमा प्रदेश एकले मधेश प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
जितका लागि चाहिएको ५० रनको लक्ष्य प्रदेश एकले ११ ओभर ४ बलमा १ विकेट गुमाएर पुरा गर्यो । प्रदेश एकका लागि काजल श्रेष्ठले २४ रन तथा कप्तान रुविना क्षेत्रीले २० रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै केवल ४९ रन जोड्यो । मधेशका लागि सन्तोषी चौधरीले मात्र दोहोरो अंकमा रन बनाएकी थिइन् । उनले २८ बलमा १२ जोडिन् । मधेशका चार ब्याटर शून्य रनमा आउट भए ।
प्रदेश एकका लागि सवनम राईले सर्वाधिक ४ विकेट हात पारिन् । रुविना क्षेत्री र निशा साहले समान २-२ विकेट तथा ज्योती दनुवार र अलिसा खडियाले १-१ विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया