सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित

कैलाली । आज बिहान ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेको जनाएको छ । सभामुख चयनका लागि पुन: निर्वाचन गर्ने गरि हिजो साँझको बैठक स्थगित गरिएको थियो ।
सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुवै उम्मेदवारले बहुमत पाउन सकेनन् । हिजो भण्डारीले २६ र रावलले २३ मत पाएका थिए । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुखमा चयन हुन सकेनन्।
हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे पुन: मतदान हुने भनिएको थियो । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ । माघ २ गते सम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया