सुदूरपश्चिममा प्रदेशसभा बैठक बोलाउनेबारे सर्वदलीय बैठक बस्दै

कैलाली- शुक्रबार अनिश्चित समय सम्मको लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउनेबारे आज (शनिबार) बिहान ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
बिहीबार साँझ सभामुखमा कसैको पनि बहुमत पुग्न नसकेपछि हिजो (शुक्रबार) बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो । तर, शुक्रबार सर्वदलीय बैठकमा कांग्रेसले निर्वाचन प्रक्रिया सुरुबाट गर्नु पर्ने भनेपछि सहमति हुन सकेको थिएन । त्यसैबिच सभाध्यक्ष शिवराज भट्ट सम्पर्क विहीन भएपछि संसद् अनिश्चित भएको थियो ।
शुक्रबार साँझ सम्म सभाध्यक्ष सम्पर्कमा नआएपछि सत्ता गठबन्धनका २९ जनाले हस्ताक्षर गरेर तत्काल संसद् बोलाउन माग गरेका थिए । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।
यता सुदूरपश्चिम प्रदेश सभाका बहुमत सदस्य अर्थात २९ जनाले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न माग गरेका छन् । शुक्रबार साँझ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेश सभा सदस्यहरूले संसद् बैठक आह्वान गर्न माग गरेका छन्।
सरकारले पूर्णता नपाउदै सभामुख चयनमा बहुमत जुटाउन नसक्दा प्रदेश सरकार संकटमा परेको छ ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया