साताको पहिलो कारोबारमा सेयर बजार ३२ अंकले बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३२ अंकले बढेको छ । आज बजार ३२.७२ अंकले बढेको हो । आइतबार र सोमबार सार्वजनिक बिदा हुँदा मंगलबारबाट खुलेको बजार तीव्र उतारद्बढावकाबीच ३२.७२ अंकले बढेर बन्द भएको छ।
गत बिहीबार ४१.०४ अंक घटेर बन्द रहेको बजार ३२ अंकले बढेर बजार परिसूचक २१८२.११ उक्लिएको छ। आज बजार १.५२ प्रतिशत बढ्दा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.१७ प्रतिशतले बढेर ४१६.०६ मा उक्लिएको छ।
यस्तै उप-सूचक समूहतर्फ बैंकिङ सेक्टर ०.२९ प्रतिशतले घट्दा बाँकी १२ सूचक समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा सूचक ५.०३ प्रतिशतले बढेको छ।
बजार ३२ अंकले बढेपनि कारोबार रकममा भने अघिल्लो कारोबारको तुलनामा कमी आएको छ । आज २५० कम्पनीका ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ६३ हजार ४३० पटकमा किनबेच भएको छ। गत साताको बिहीबार ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बजार बढ्दा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ। ग्रीन भेन्चर लिमिटेड, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, घेल्मदी हाइड्रो लगायतको सेयर मूल्य उच्च कमाउने कम्पनी रहेका छन् ।
प्रतिक्रिया