सेयर

साताको अन्तिम कारोबारमा बजारसँगै कारोबार रकम पनि घट्यो

इकागज |
पुस २८, २०७९ बिहीबार १५:४९ बजे

काठमाडौँ -  साताको अन्तिम कारोबारका दिन सेयर बजारमा भारी गिरावट देखिएको छ । बिहीबार बजार तीव्र उतारचढावकाबीच ४१.०४ अंकले घटेको हो ।  बजार घटेसँगै परिसूचक २१४९.३९ मा झरेको छ ।  साताको पहिलो र दोश्रो कारोबारमा बढेको बजार मंगलबार भने घटेको थियो । बुधबार पृथ्वी जयन्तीका कारण बिदा रहेका कारण बजार बन्द थियो । 

 आज बजारसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्ब ६५ करोडमा रहेको बजार कारोबार आज ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको १ करोड ४४ लाख ४२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । त्यस्तै, २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ ।


यस्तै, शिवम् सिमेन्टस‌्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड २० लाख रूपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, रिडी पावरको १७ करोड ८३ लाख, न्याङदी ग्रुपको १६ करोड ९४ लाख,अपि पावरको १४ करोड ४ लाख र उपर तामाकोसीको १२ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Author

थप समाचार
x