सेयर

२८ अंकले बढ्यो सेयर बजार

इकागज |
जेठ १, २०८१ मंगलबार १५:३२ बजे

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८ अंकले बढेको छ । आजको कारोबारमा बजार परिसूचक २८.६२ अंक बढ्दा समग्र बजार परिसूचक बिन्दु २०२७.५१ मा उक्लिएको छ । आज २१९ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३२० कम्पनीको सेयर कारोबार हुँदा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 


आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा बढी बढेको छ । समाजको सेयर १० प्रतिशतले बढेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पनि सेयर १० प्रतिशतले नै बढेको छ ।

यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ र मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशतले सेयर बढेको छ ।

आज हिमालयन उर्जा विकास कम्पनीको सेयर सबैभन्दा धेरै घटेको छ । हिमालयनको सेयर ४.६४ प्रतिशतले घटेको हो । 


Author

थप समाचार
x