पीएम कपः मधेश प्रदेश सेमिफाइनलमा

काठमाडौँ- मधेश प्रदेश पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा बुधबार समूह ‘बी’ अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गर्दै मधेश अन्तिम चारमा प्रवेश गर्यो ।
तीन मध्ये दुई खेल जितेको मधेश समूह ‘बी’ को उपविजेता बन्यो भने तीनवटै खेल जितेको प्रदेश नम्बर १ विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्यो । मधेशले अब समूह ‘ए’ को विजेता सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्नेछ । प्रदेश १ ले भने समूह ‘ए’ को उपविजेता नेपाल एपीएफ क्लबविरुद्ध खेल्नेछ ।
बुधबार १ सय ८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र जोड्यो । लुम्बिनीका लागि रन्जु श्रेष्ठ र मधु डिसीले समान २१-२१ रन जोडे । मधेशका लागि भुमी सिंहले २ तथा कविता गौतमले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन जोड्यो । मधेशका लागि साना प्रविणले सर्वाधिक ४६ रनको योगदान गरिन् ।
लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र विभाषा बिसीले एक-एक विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया