जनक शिक्षालाई भ्रष्टाचारको आरोप
काठमाडौँ - जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले आज यहाँ पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने गरेको आरोप लगाएका छन् । उनीहरूले कागज बोकेको १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको समेत बताएका छन् ।
गत पुस २७ गते करिब एक लाख ५३ हजार केजी कागज भएका कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ । अधिवक्ता यज्ञमणि न्यौपानेले घटना भएको भोलिपल्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएको बताए ।
उजुरी दिएको आठ दिन बितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । पत्रकार कुश्लव केसीले जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागे पनि यसमा लाखौँ बालबालिकाको भविष्य जोडिएकाले आफूहरूले उक्त विषय सार्वजनिक गर्न बाध्य भएको जिकीर गरे ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया