ट्राफिक महाशाखाले भन्योः नागरिक एपमा भएको लाइसेन्स र ब्लु बुक मान्दैनौँ

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक महाशाखाले ‘नागरिक एप’ मा भएको लाइसेन्स र ब्लु बुकलाई (सवारी चालक अनुमति पत्र/ सवारी दर्ता किताबलाई) नमान्ने भएको छ । सवारी चालकले सवारीसाधन चलाउँदा लाइसेन्स तथा सवारी दर्ता किताब साथमा राख्नुपर्ने महाशाखाले जनाएको छ ।
‘नागरीक एप’ मा कागजपत्रलाई मान्न नसकिने र ऐनको दफा ६० बमोजिम ५ पटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको अनुमतिपत्र ६ महिनाको लागि निलम्बन गरिने महाशाखाले उल्लेख गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १३१ बमोजिम कुनै पनि सवारी चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था रहेको छ ।
तथा सोही ऐनको दफा १६४ को उपदफा १(न) बमोजिम चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने व्यवस्था रहेको छ।
यसका साथै सवारी नियम उल्लंघन भएको खण्डमा यातायात निरिक्षक वा प्रहरीले सवारी सम्बन्धी सक्कल कागजपत्र लिई २४ घण्टे पुर्जी जारी गर्ने महाशाखाले जानकारी दिएको छ ।
नागरिक एपबाट उक्त कागजपत्र निलम्बनमा परे नपरेको यकिन नहुने हुँदा हालको प्रावधान बमोजिम चालकले सवारी कागजपत्र साथमा राखेर सवारीसाधन चलाउनु पर्ने महाशाखाले प्रस्ट पारेको छ ।

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_a6APDIRviY_x2xw4zlk4h3phzb3vyul8seiqutzhdrdixwov5xaqoq8nezmxnq4v6u3xbvn.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

प्रतिक्रिया