सुदूरपश्चिमले जित्यो पीएम कप क्रिकेटको उपाधि

काठमाडौँ- सुदूरपश्चिम प्रदेशले पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा शनिबार भएको फाइनलमा प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
उपाधिका लागि चाहिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७ रन तथा डोली भट्टले २२ रनको योगदान गरे । कविता जोशीले अविजित १९ रन बनाइन् ।
प्रदेश १ का लागि रुविना क्षेत्री, संगिता राई, सबनम राई र हिरनमइ रोयले एक-एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन जोड्यो । प्रदेश १ का लागि काजल श्रेष्ठले सर्वाधिक ४८ रनको योगदान गरिन् ।
अप्सरी बेगमले १५ तथा कप्तान रुविना क्षेत्रीले १४ रन जोडे । सुदूरपश्चिमका लागि मनिशा चौधरीले २ तथा रितु कनौजियाले १ विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया