मुख्यमन्त्री रावलकाे गुनासाे : सुदूरको पीडा राष्ट्रिय स्तरमा जोडिन सकेन

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रिय स्तरमा जोडिन नसकेको गुनासो गरेका छन् ।
रिपोर्टस् क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना कार्यक्रममा मुख्यमन्त्री रावलले केन्द्र सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने पनि बताए ।
उनले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिका लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तमानलाई क्रियाशील बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँका रूपमा मात्रै चिनिएको भन्दै उनले काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने बताए । सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दबाइको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी रहेको उनकाे भनाइ छ ।
उनले सुदूरपश्चिमका विभिन्न प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षण, संवर्द्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए ।

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रतिक्रिया