‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक

काठमाडौँ – फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ ले पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरेको छ । गीतसँगै फिल्मले कथावस्तुको पनि छनक दिएको छ । सार्वजनिक दृश्यांशअनुसार फिल्मले फेरि एकपटक राजनीतिलाई विषय बनाएको छ ।
चुनावको माहोलमा खिचिएको ‘दर्शन सलाम’मा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार नाचेका छन् । फिल्म स्वस्तिमाले यही गीतमा मात्र नृत्य गरेकी हुन् । गीतको सरप्राइजको रुपमा भने राज आचार्यलाई देख्न सकिन्छ । दीपक दीपाको टेलिसिरियल तीतो सत्यमा बालकलाकार रुपमा अभिनय गरेका राजले यो फिल्मबाट मुख्य कलाकारको रुपमा डेब्यू गर्न लागेका हुन् ।
गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर र दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र मैनालीके छायांकन र कविराज गहतराजको कोरियोग्राफी छ । दीपकराज गिरीकै कथा तथा पटकथा रहेको फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया